पोखरामा असोज २८ बाट हुन लागेको नवौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन

Advertisement

पोखरा । आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको सचिवालय सञ्चालनमा ल्याइएको छ । 

आइतवार पोखरा रंगशालामा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको उपस्थितिमा सचिवालयको उद्घाटन गरिएको हो । उद्घाटनपछि गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण गतिविधि, सम्पूर्ण तयारी र प्रतियोगिताको अवधिभरको व्यवस्थापकीय काम सचिवालयबाट हुने जानकारी दिए । 

Advertisement

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले राष्ट्रलाई एकताको सूत्रमा बाँध्ने भनेकै खेलकुद क्षेत्र भएको उल्लेख गर्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सबै कुरामा सबै हिसावले साथ सहयोगमा गर्ने बताए । 

प्रतियोगिताका ३८ मध्ये २२ खेल पोखरामा गर्न प्रस्ताव गरिएको छ भने बाँकी १६ खेल पोखरा आसपालका अन्य जिल्लामा सञ्चालन गर्ने तयारी गरिएको छ । केही खेल काठमाडौंमा पनि आयोजना हुने सम्भावना रहेको आयोजकको भनाई छ ।

Advertisement

Advertisement