क्यान्टिनबाट सुरु भएको शाकाहारी रेष्टुरेन्ट ‘उत्पला क्याफे’ लोकप्रिय ब्राण्ड बन्दै (फोटो फिचर)

Advertisement

काठमाडौं । अहिले हरेक होटल, रेष्टुरेन्ट, चिया पसलमा मूल्य बढेको छ । मूल्य बढे पनि तीनमा ताजा र गुणस्तरीय खाने कुरा पाइने कुराको कुनै सुनिश्चितता हुँदैन् । न सरकारी निकायहरुले नै तिनको प्रभावकारी अनुगमन गर्ने गर्छ । 

तर बौद्धमा एउटा यस्तो रेष्टुरेन्ट छ शान्त वातावरण र सुपथ मूल्यमा स्तरीय शाकाहारी खानाहरु खान पाइन्छ । क्यान्टिनबाट स्तरोन्नती हुँदै र लोकप्रियता हासिल गर्दै अघि बढेको ‘उत्पला क्याफे’ बौद्ध क्षेत्रका ग्राहकमार्फत मात्रै नभएर अन्य क्षेत्रसम्म आफ्नो पहिचान बनाउन सफल भएको छ । 

Advertisement

क्याफेका प्रबन्ध निर्देशक दीपक बोहराका अनुसार उत्पलाको अर्थ नीलो कमल हो जुन शान्तिको चिनो पनि हो । बौद्ध धर्म दर्शन अध्ययन गर्न आउने विद्यार्थीहरुका लागि भनेर खोलिएको क्यान्टिन अहिले शाकाहारी तथा ‘उत्पला क्याफे’को नाममा सञ्चालनमा छ । 

बौद्ध धर्म गुरु चोकी निमा रेम्पोचेको नेतृत्वमा क्यानिङ गुम्बाले यो रेष्टुरेन्ट सुरुवात गरेको बोहराले बताए । उनका अनुसार रेम्पोचे गुम्बाको प्रमुख हुनुहुन्छ । गुम्बा स्थापनापछि बौद्ध धर्म दर्शन अध्ययनका लागि रङ्गजुङ येसे इन्स्टिच्युट खोलियो । सोही इन्ष्टिच्युटमा अध्ययन गर्न आउने स्वदेशी विदेशी विद्यार्थीका लागि भनेर सन् २०७६ मा क्यान्टिन खुलेको हो । त्यसअघि सन् १९७४ मा गुम्बा स्थापना भएको थियो । यो गुम्बाको उद्घाटन राजा वीरेन्द्रले गरेका थिए ।   

तिब्बती बुद्धिजम, नेपाली तथा बुद्धिष्ट संस्कृतीलाई आधुनिकीकरण गरी पढाउने उद्देश्यले स्थापना भएको यो संस्था काठमाडौं विश्वविद्यालयसँग सम्बद्ध छ । इन्ष्टिच्युटमा ब्याच्लर इन बुद्धिष्ट आर्ट, मास्टर इन बद्धिष्ट आर्ट, पीएचडी इन बुद्धिष्ट आर्टको अध्ययन गराइन्छ ।यस संस्थामा अध्ययन गर्न विभिन्न देशबाट बर्षेनी करिब दुई भन्दा बढी विद्यार्थीहरु नेपाल आउने गरेको र उनीहरुमध्ये अधिकांशले ‘उत्पला क्याफे’मा खाना खाजा खाने बोहराले बताए । 

उनले अध्ययनको लागि त्यसरी आउने विद्यार्थीहरु विभिन्न होटलहरुमा बस्दा खाने कुरा गुणस्तरहीन भएकाले पाचनमा समस्या आउने गरेको सुनाउँदै थपे, ‘जब कोही मान्छेको पेट ठिक छैन्, मन ठिक नभएपछि पढाइमा कसरी ध्यान जान्छ ? त्यो स्थिति हुन नदिन हामीले निकै सावधानीका साथ सहुलियत मूल्यमा स्वच्छ, सफा, ताजा खाना खुवाउने प्रवन्ध गर्दै आएका छन् ।’

क्यान्टिनको रुपमा मात्रै सञ्चालन हुँदा विद्यार्थीहरुले विशेषगरी दिउँसोको खाना खाने भएकाले आर्थिकरुपमा सञ्चालन गर्न कडिनाई भएकाले क्याफेको रुपमा सञ्चालन गर्न थालेको बोहराले बताए । उनले भने, ‘स्टाफहरु पाल्नु पर्यो अप्ठ्यारो हुने रहेछ क्यान्टिन मात्रै गर्दा । बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म विद्याथी आउँदैनन् । त्यो भएकाले विस्तारै क्याफेमा रुपान्तरण गरेको हो ।’

उत्पला क्याफेमा हरेक शुक्रबार र शनिबार बफेटको व्यवस्था हुन्छ भने पाँच चारे स्तरकै खाना जम्मा ४५० रुपियाँमा खाना खान सक्छन् । शाकाहारी मात्रै खान  पाइने यो क्याफे पारिवारिक वातावरणको छ । क्याफेमा ४२ जना कर्मचारी कार्यरत छन् । 

शाकाहारी खानाको खोजीमा विभिन्न ठाउँहरुबाट ग्राहकहरु आउने गरेको सुनाउँदै बोहराले क्याफेमा पुस्तकालयको पनि सुविधा रहेको बताए । शेफहरुदेखि सबै कर्मचारी अनुभवी रहेको बताउँदै उनले क्याफेमा इन्डियन, इटालियन, नेपाली लगायत खानाको विविधता पाइने बताए । 

क्याफेले बालुवटारमा पनि यसको शाखा सञ्चालन गरेको छ । चाँडै नै लुम्बिनीमा पनि शाखा खोल्ने बोहराले बताए । त्यसका लागि लुम्बिनी विकास कोषलाई प्रस्ताव गरिसकेको उनले बताए । लुम्बिनीको क्याफेका लागि डिजाइनको काम सक्किसकेको उनले बताए । बोहराले पशुपति विकास कोषसँग पनि अर्को शाखा खोलन प्रस्ताव पेश गरिसकेको बताए । 

कोरोना महामारीका बेला लकडाउनको कारण देश फर्किन नपाएका विदेशी पर्यटकलाई सात महिना निःशुल्क खाना खुवाएको स्मरण गर्दै उनले पछिल्लो  समयमा क्याफेमा ग्राहकहरुको निकै चहलपहल बढे्को बताए ।

Advertisement

Advertisement