बालेनको ‘एक्शन’मा उपाध्यक्ष दिनेश श्रेष्ठको विरोध व्यक्तिगत हो, महासंघको धारणा होइन्ः गोल्छा

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) शाहको पछिल्ला ‘एक्शन’बारे महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले गरेको विरोध उनको व्यक्तिगत भएको बताउँदै यो महासंघको आधिकारिक धारणा नभएको स्पष्ट पारेका छन् । 

बालेनले नगर क्षेत्रभित्रका अनधिकृत संरचना भत्काएपछि श्रेष्ठले महासंघको उपाध्यक्षको हैसियतमा मेयरले शक्तिको दुरुपयोग  गरेको भन्दै प्रतिक्रिया दिएका थिए । तर अध्यक्ष गोल्छाले यो श्रेष्ठको व्यक्तिगत प्रतिक्रिया हो भन्दै बालेनको एक्शनका विषयमा विरोध वा समर्थन केही पनि नरहेको बताए । 

Advertisement

गोल्छाले भने, ‘महासंघका धेरै जिम्मेवारी छन् । महत्वपूर्ण कामहरु छन् । आर्थिक विकासका, उद्योग व्यवसायको विकास कुरा छन् । त्यसमा हामी केन्द्रीत छौं । दिनेशजी काठमाडौं जिल्ला संघमा पनि आवद्ध भएका कारण प्रतिक्रिया दिएको हुनसक्छ । त्यो उहाँको व्यक्तिगत कुरा हो । महासंघको धारणा होइन् । महासंघमा यस विषयमा छलफल पनि भइसकेको छैन् । अहिले नै म ठिक बेठिक भन्न सक्दिन् ।’

दिनेश श्रेष्ठले भने अवैध संरचना हटाउने अभियान सुरु गर्दा साना व्यापारी मर्कामा परेको भन्दै आपत्ति जनाएका थिए । घरधनी र महानगर बीचको विवादको भुङ्ग्रोमा व्यापारीलाई पारिएको उनको भनाई थियो । 

Advertisement

Advertisement