सोफिया भुजेल बनिन ‘मिस युनिभर्स नेपाल–२०२२’को विजेता

Advertisement

काठमाडौं । सोफिया भुजेलले मिस युनिभर्स नेपाल–२०२२’ को उपाधि जितेकी छन् । बिहीबार आयोजित कार्यक्रममा २० जना प्रतिस्पर्धीलाई पछि पार्दै सोफियाले ‘मिस युनिभर्स नेपाल’को उपाधि जितेकी हुन् । 

प्रतियोगितामा फर्स्ट रनरअपमा विपना अधिकारी, सेकेन्ड रनरअपमा आस्मा केसी, थर्ड रनरअपमा सेफिना जोसुआ र फोर्थ रनरअप मोनालिसा पराजुली विजयी घोषित भएका छन् ।

Advertisement

सोफियालाई सन् २०२१ की मिस युनिभर्स सुजिता बस्नेतले ताज लगाइदिएकी थिइन् । उनले मिस युनिभर्स नेपाल–२०२२ को उपाधिसँगै १० लाख रुपियाँ र विद्युतीय स्कुटर पनि प्राप्त गरिन् । साथै, उनले अब ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

यस वर्षको ‘मिस युनिभर्स नेपाल’को निर्णायकमा बैंकर अनिल शाह, अभिनेत्रीद्धय प्रियंका कार्की, ऋचा शर्मा, सिद्धार्थ आर्ट ग्यालरीकी संगीता थापा, केडियन सीमा गोल्छा, व्यवसायी थियागाराजन रामाशामी रहेका थिए ।

Advertisement

Advertisement