बानेश्वरको अनानिक ब्युटी सैलुनमा एक दर्जन ‘सेलिब्रेटी’ मिलेर मनाए तीज

Advertisement

काठमाडौं । नयाँ बानेश्वरस्थित अनानिक ब्युटी सैलुन एन्ड स्पामा शुक्रबार तीज उत्सव आयोजना गरिनुका साथै ‘सिपस्टर बाई अनानिक’को उद्घाटन गरिएको छ । 

‘सिपस्टर बाई अनानिक’को उद्घाटन मास्टर सेफ सन्तोष साहसहितका सेलिब्रिटीले संयुक्त रूपमा गरेका थिए । अनानिक ब्युटी सैलुनका सञ्चालक सुर्विन राईले जीवन खुशी बनाउन सहयोग पुग्ने विश्वासमा गत वर्षजस्तै तीज सेलिब्रेसन गरेको बताए । 

Advertisement

उनले अनानिक ब्युटी सैलुनको क्षेत्रफललाई रिनोभेसन गरेर दोब्बर फराकिलो बनाएको बताउँदै  उत्तरतर्फ अनानिक ब्युटी सैलुन स्कुल र दक्षिणतर्फ सिपस्टर बाई अनानिक खोलेका बताए । 

राईले ब्युटी व्यवसाय हुँदै आफ्नो यात्रा फुड एन्ड बेभरेज (क्याफे बार) व्यवसायतिर पनि विस्तार भइरहेको बताए । तीज कार्यक्रमका लागि खानाका परिकार सेफ सन्तोष साह आफैंले तयार पारेका थिए । 

कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता निश्चल बस्नेत, अभिनेत्री दीपाश्री निरौला, धीरज मगर, अदिती बुढाथोकी, मिस नेपाल प्रियंका रानी जोशी, पूर्वमिस नेपालहरू नम्रता श्रेष्ठ, अनुष्का श्रेष्ठ, अश्मी श्रेष्ठ, आना शर्मा, मलिना जोशी, चर्चित मेकअप आर्टिस्ट आकृती राजभण्डारी तथा फिल्म ‘बाबरी’को टिम, अभिनेतृ मल्लिका महत, सामाजिक अभियन्ता बन्दना राणा, सांसद नवीना लामा, कीर्तिमानी पर्वतारोही मिङ्मा डेविड शेर्पा, सुर्जना श्रेष्ठ, यती एयरलाइन्सकी चन्दा राई शेर्पालगायत सहभागी थिए । 

Advertisement

Advertisement