आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर छ रुपियाँ बढायो

Advertisement

काठमाडौँ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ । 

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपियाँ बढाएको निगमले प्रकाशित गरेको सूचनामा उल्लेख छ । नयाँ मूल्य अनुसार अब डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु. १७८ रुपियाँ पर्छ ।

Advertisement

निगमका अनुसार पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । 

 

Advertisement

Advertisement