राष्ट्र बैंकमा ४३ जनालाई रोजगारीको अवसर, १२ कक्षा उत्तीर्णले पनि आवेदन दिन पाउने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४३ कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । राष्ट्र बैंकले प्रशासनतर्फको सहायक निर्देशकमा १८ जना, प्राविधिकतर्फको सहायक निर्देशकमा १ जना तथा सहायक द्धितीयतर्फ २४ जना गरी कूल ४३ जना माग  गरेको हो ।

सो मध्ये खुलातर्फ २३ जना, महिलातर्फ ६ जना, आदिवासी जनजातीतर्फ ६ जना, मधेशीतर्फ ४ जना, दलितर्फ २ जना अपागं १ र पिछडीएको क्षेत्रमा १ जना माग गरेको हो । इच्छुक आवेदकले भदौ १७ गतेदेखि असोज ६ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर असोज १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Advertisement

उक्त दरखास्तकालागि आवेदकले नागरिकता, दरखास्त दिने पदकोलागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको ट्रास्किप्ट, चारित्रिक प्रमाणपत्र, पासपोर्ट साइजको फोटो तथा (नेपाल बाहेक अन्य मुलुकबाट हाँसिल गरेको शैक्षिक योग्यता) भएको खण्डमा मात्रै, आवेदन दिन सकिने भएको हो ।

त्यस्तै, सहायक निर्देशकका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । प्रविधिकतर्फ मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर, सूचना प्रविधि वा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

साथै, सहायक द्धितीयकालागि भने मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तहमा प्लस टु वा सो सरहको परिक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । आवेदकको उमेर सहायक निर्देशकालागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाकालागि ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

सहायक पदको आवेदकको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ भने महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । तर, राष्ट्र बैंकको बहालवाला कर्मचारीलाई भने उमेर हद लागू नहुने व्यवस्था गरिएको छ ।

महिलाको लागि परिक्षणकालको अवधि ६ महिना रहेको छ भने पुरुषका लागि एक वर्ष तोकिएको छ । आवेदन शुल्क आठ सयदेखि १४ सय रुपियाँसम्म रहेको छ । लिखित परीक्षा लोक सेवा आयोगले लिनेछ । 

Advertisement

Advertisement