केन्याविरुद्ध नेपालको सात विकेटको जित

Advertisement

काठमाडौं । अफ्रिकी देश केन्याविरुद्ध एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले ७ विकेटको जित हासिल गरेको छ । दुई सय १९ रनको लक्ष्य नेपालले ३ विकेट क्षतिमा ४७.३ ओभरमा भेट्टाउन सफल भएको हो । 

ओपनर आशिफ शेखको शतक र अर्जुन साउदको अर्धशतक सहयोगमा जित हासिल गर्न नेपाललाई सहज भयो । उनीहरुले १४१ रनको साझेदारी गरी जितको आधार तय गरेका थिए । 

Advertisement

नेपालका लागि सिनियर टिमबाट पहिलो एकदिवसीय खेल खेलेका अर्जुनले ९७ बलमा ५ चौका र १ छक्कासहित ६१ रनको अर्धशतकीय पारी खेले भने आशिफले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग मिलेर थप ५७ रनको साझेदारी गरे । उनले १२० बलमा १२ चौका र २ छक्कासहित ११० रनको लामो पारी खेलेका थिए ।

यसअघि नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ४८.१ ओभरमा अलआउट हुँदै २१८ रनको योगफल खडा गरेको थियो ।

बलिङतर्फ सोमपाल कामी र करण केसीले ३–३ विकेट लिए । आदिल आलम र पवन सर्राफले १–१ विकेट लिए ।

Advertisement

Advertisement