‘दरबार लाउञ्ज’को बार्षिकोत्सवमा दीपक बज्राचार्यको लाइभ कन्सर्ट

Advertisement

काठमाडौं । राजधानीको दरबारमार्गस्थित ‘दरबार लाउञ्ज’ले आफ्नो पहिलो वार्षिकोत्सवमा गायक दीपक बज्राचार्यको लाइभ कन्सर्टको आयोजना गरेको छ ।

आफ्नो स्थापनाको एक बर्ष पूरा भएको अवसरमा खुशीयाली मनाउन विशेष सांगीतिक कार्यक्रम आयोजना गरेको दरबार लाउञ्जका इभेन्ट मेनेजर जोर्डन राजभण्डारीले जानकारी दिए । 

Advertisement

कार्यक्रमको प्रारम्भमा दरबार ब्याण्डले आफ्नो प्रस्तुति दिएर गरेको थियो भने गायक बज्राचार्यको कन्सर्टपछि डिजे म्याडसोनिकले डिजे सेसन राखेका थिए । शनिबार आयोजित वार्षिकोत्सव कार्यक्रममा गायक दीपक बज्राचार्यले लाइभ कन्सर्ट आफ्नो ब्याकअप ब्याण्ड रिदमसँगै प्रस्तुती दिएका थिए ।

उनको कन्सर्ट हेर्न दर्शनहरुको चहलपहल पनि राम्रो थियो । 

Advertisement

Advertisement