भारतीय सेनाध्यक्षले नेपाली सेनालाई दिए घोडासहितका विभिन्न सामग्री

Advertisement

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाँडेले नेपाली सेनालाई करौडौं मूल्य बराबरको सैन्य तथा गैरसैन्य सामग्री हस्तान्तरण गरेका छन् । 

पाँडेले २२ करोड रुपियाँ बराबरका सामग्री सोमबार प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेका हुन् । यस्ता सामग्रीमा मेडिकल सामाग्री, भारतीय हतियारको स्पेयर पार्टस, घोडा, १० वटा माइन प्रोटेक्टिभ भेहिकललगायत छन्।

Advertisement

हस्तान्तरण गरेको सामग्रीको केही प्रतिशत अनुदान हो भने केही रकम भने नेपालले भारत सरकारलाई दिनुपर्ने जनाइएको छ ।

Advertisement

Advertisement