दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुँदै, २० हजारलाई उतार्ने योजना

Advertisement

काठमाडौं । दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने भएको छ । सोमवार पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराइएको हो । दशैँको अवसरमा आगामी असोज १५ गते रंगशालामा सांगीतिक महोत्सव आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । 

कन्सर्टमा दि एज ब्याण्ड, नितेशजङ कुँवर, वर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, सुवानी मोक्तान, दि एलिमेन्ट्स ब्याण्डलगायतका कलाकारहरुले प्रस्तुती दिनेछन् । कार्यक्रममा बोल्दै पार्टी नेपालका श्री गुरुङले सांगीतिक कार्यक्रमले युवा वर्गमा दशैँको प्रवद्र्धन गर्दै एकताको सन्देश दिने, वर्षौँदेखि थलिएको इभेन्ट म्यानेजमेण्ट व्यवसायको हौसला बढाउने र नेपाली कला तथा संस्कृतिलाई युवापुस्तासँग जोड्न सघाउने लक्ष्य राखिएको बताए । 

Advertisement

उनले दशँै महोत्सवको टिकटक प्रतिस्पर्धासमेत राखिएको र यसमा उत्कृष्ट १० जनाले पोखरा रिसोर्ट प्याकेज, विभिन्न रेष्टुरेण्टमा डिनर प्याकेज, भीआईपी एक्सेसलगायत पुरस्कारहरु प्रदान गरिने बताए । कन्सर्टको आयोजना पार्टी नेपाल, आर्बिट्ररी ग्रुप, केटिएम लाइभ तथा अपट्रेण्डली मिडियाको संयुक्त आयोजनामा हुन लागेको हो । कन्सर्टमा २० हजारभन्दा बढी दर्शक उपस्थित हने आयोजकले अपेक्षा राखेको छ ।

Advertisement

Advertisement