चितवन । जिल्ला अदातल, नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिए पनि बाल यौन दुराचारको मुद्दामा भने साढे दुई वर्षको कैद सजाय र २५ हजार रुपियाँ जरिवाना सुनाएको छ ।
जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पीडितलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिन पनि आदेश दिएको छ । फैसलामा अभिभावकलाई पनि सचेत गराइएको छ ।
एक गायिकाका बाबुले आफूमाथि बलात्कार भएको भन्दै गत चैतमा शाहविरुद्ध मुद्दा हालेका थिए ।