दश दिनभित्र बहाल कर नबुझाए सेना र प्रहरीलाई समेत कारवाही गर्ने बालेनको चेतावनी

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली सेना र नेपाल प्रहरीलाई समेत बहाल कर बुझाउन पत्र काटेका छन् । महानगरपालिकाको राजस्व विभागले नेपाली सेना, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई बहाल कर बुझाउन भन्दै पत्र काटेको हो ।

सेना, प्रहरी र परिषदलेले आफ्नो क्षेत्रभित्र घर तथा भवन बहालमा दिई आम्दानी गरेको देखिएकाले वडा कार्यालयमा बहाल कर बुझाउन पटक पटक ताकेता गरे पनि नबुझाएको भन्दै १० दिनभित्र यस्तो कर बुझाउन निर्देशन दिएका दिइएको छ । 

Advertisement

बहाल आम्दानीको विवरणसहित पत्र प्राप्त भएको १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गएर नियमानुसार बहाल कर र जरिवाना बुझाउन महानगरले ताकेका गरेको छ । 

तोकिएको मितिभित्र बहाल कर नबुझाए महानगरापलिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर असूलउपर गर्न आवश्यक प्रक्रिया अघि बढाइने महानगरको चेतावनी छन् । 

Advertisement

Advertisement