विदेशिएका श्रमिकबाटै देश चलिरहेको छ, उनीहरु हेपिएको, चेपिएको टुलुटुलु हेरेर बस्न सकिन्नः श्रममन्त्री

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्दारमा सरकार लागिपरेको दोहोर्याएका छन् । 

आइतवार श्रमिकहरुसँग कुरा गर्ने क्रममा उनले विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्दारका लागि सरकार लागिपरिरहेको दावी गरे । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कामका लागि विदेशिएकाहरु मृत्यु भएर ल्याउन नसकेको, जेल जीवन बिताउन बाध्य भएकाहरुलाई आफ्नै खर्चमा ल्याउन थालेपछि सरकारलाई नैतिक संकट परेको छ । 

Advertisement

कुँवरले समस्यामा परेका श्रमिकहरुको अवस्थाको सम्बन्धमा नेपालका राजदुतसँग छलफल गर्ने र सम्बन्धित देशको राजदुतलाई बोलाएर पनि समस्या समाधानका लागि पहल गरिने बताए । उनले आवश्यकता अनुसार सम्बन्धित देशको सरकारसँग पनि कुराकानी गर्ने बताए । 

मन्त्री कुँवरले विदेशिएका श्रमिकहरुबाट नै देश चलिरहेको भन्दै श्रमिकहरु हेपिएको, चेपिएको विषयलाई गम्भीर ढंगले कुरा उठाउनुपर्ने बताए । उनले श्रमिकको समस्यालाई टुलुटुलु हेरेर मात्र सरकार नबस्ने बताए । 

मन्त्री कुँवरले विदेशी कम्पनीहरुले नेपाली कामदारलाई बाहिर आउन नदिने भएको अवस्थामा त्यहाँको सरकारसँग कुरा गर्ने बताए । उनले गल्ती काम गरेका मेनपावरहरुलाई कारबाही गरिने पनि दावी गरे  । 

Advertisement

Advertisement