अल्मुताइरीले सामाजिक सञ्जालमार्फत घोषणा गरे प्रमुख प्रशिक्षकबाट राजीनामा

Advertisement

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो कार्यकाल सक्किएको बताएका हुन् । 

खेलाडीसँगको विवादका कारण एक्लिएका अल्मुताइरी पछिल्लो समय बिदामा थिए । उनलाई पुनः नियुक्ति गर्दै नेपाल बोलाइए पनि खेलाडीहरुसँग सम्वन्ध राम्रो नहुँदा उनी टाढिएका थिए । 

Advertisement

अल्मुताइरी बिदामा बसेको बेला अखिल नेपाल फुटबल महासंंघ (एन्फा)ले प्रदीप हुमागाईंलाई नेपाली टोलीको निमित्त प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो । उनको निरीक्षणमा अहिले नेपाली टोलीले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । 

अल्मुताइरी प्रशिक्षक रहेको बेला नेपाल साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल पुगे पनि दोस्रो पटक प्रमुख प्रशिक्षक भएर आएपछि उनले बन्द शिविरमा रहेका १० जना खेलाडीलाई निकालिदिएका थिए । उनको सोही निर्णयपछि खेलाडी र एन्फाबीच दूरी बढेर गएको हो । 

विवादपछि गठित छानबिन समितिले अल्मुताइरीको विकल्प खोज्न एन्फालाई सुझाव दिएअनुसार हुमागाईंलाई भित्राइएको हो । 

Advertisement

Advertisement