निजी क्षेत्रलाई नेतृत्व गर्ने गोल्छा नै भन्छन्– देशका आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा छन्

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा रहेको बताएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले लामो समयदेखि अर्थतन्त्रमा समस्याहरु आइरहेको बताए । 

गोल्छाले अहिलेको अर्थतन्त्रको अहिलेको अवस्थालाई दीर्घकालिन रुपमा समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले अर्थतन्त्रमा देखिएका समस्या फण्डामेन्टल भएको भन्दै यी समस्याबाट लयमा फर्किनको लागि केही महिना लाग्नसक्ने बताए । 

Advertisement

विज्ञापनसम्वन्धी अन्तरक्रिया कार्यक्रममा गोल्छाले उद्योग व्यवसायहरु फस्टाए मात्रै विज्ञापन व्यवसाय बढ्ने बताए । अर्थतन्त्र संकुचन हुने अवस्था रहेकाले उद्योग र विज्ञापन व्यवसायसमेत संकुचनमा पर्ने बताउँदै उनले उद्योग वाणिज्य महासंघको भिजन पेपरले नेपालको विज्ञापन बजारको दायरालाई फराकिलो बनाउने कार्यमा ठूलो भुमिका निर्वाह गर्ने दावी गरे । 

अध्यक्ष गोल्छाले नेपालको विज्ञापन बजार कोभिडको प्रभाव नपरेको भए २० अर्ब पुग्ने अवस्थामा रहेको दावी गरे । उनले नेपालमा स्वदेशी विज्ञापन ६० प्रतिशत र विदेशी विज्ञापनको ४० प्रतिशत रहेको बताउँदै कम्पनी रजिस्टारको कार्यालयमा २६ सय विज्ञापन एजेन्सीहरु दर्ता भएको पनि बताए । 

Advertisement

Advertisement