राष्ट्रिय बीमा कम्पनीको सीईओमा बरालको नियुक्तिलाई बीमा समितिको स्वीकृति

Advertisement

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शेखर बराल नियुक्त गर्ने कम्पनी सञ्चालक समितिको निर्णयलाई नियामक बीमा समितिले स्वीकृति दिएको छ । 

कम्पनीले उनलाई चार वर्षका लागि नियुक्त गरेको थियो । बरालले आज सोमबारबाट कार्यभार पनि सम्हालेका छन् । बीमा क्षेत्रमा काम गरेको लामो अनुभव संगालेका उनी केही वर्ष बीमा क्षेत्रबाट बाहिरिए पनि पुनः प्रवेश गरेका हुन् । 

Advertisement

Advertisement

Advertisement