बाढीले एकतिहाई भूभाग डुवानमा परेको पाकिस्तानलाई राहत सामग्री पठाइयो

Advertisement

काठमाडौं । बाढीका कारण झण्डै एकतिहाई भूभाग डुवानमा परेर ठूलो जनधनको क्षति व्यहोरेको पाकिस्तानलाई नेपालले राहत सामग्री पठाएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज २२ टन राहत सामग्री लिएर पाकिस्तानको कराँची प्रस्थान गरेको छ । 

जहाजमा परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा छ जना कर्मचारी र एक जना स्वास्थ्यकर्मीसमेत गएका छन् । जहाज राहत सामग्री छोडेर आजै नेपाल फर्किने कार्यक्रम छ । 

Advertisement

मन्त्रिपरिषद्को बैठकले गत साता विनाशकारी बाढीमा परेको पाकिस्तानलाई नेपालको तर्फबाट राहत सामग्री पठाउने निर्णय गरेको थियो । नेपालले दुई करोड रुपियाँ पाकिस्तानलाई आर्थिक सहयोग पनि गर्ने निर्णय गरेको छ । 

Advertisement

Advertisement