नेपाल भित्रिएको एफडीआईमध्ये ३९.४ प्रतिशत सेवा क्षेत्रमा, नाफाको दर १४.७ प्रतिशत

Advertisement

काठमाडौं । गएको आर्थिक बर्षको अन्त्यसम्ममा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) १४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणअनुसार आर्थिक बर्ष २०७७–७८ सम्ममा दुई खर्ब २७ अर्ब ९५ करोड एफडीआई भित्रिएको हो । 

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको अंश ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश १३.७ प्रतिशतले बढेकोले कुल एफडीआईमा वृद्धि भएको हो । २०७८ असार मसान्तसम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् रु.७५ अर्ब ८१ करोड, चीनबाट रु. ३३ अर्ब, आयरल्याण्डबाट रु. १६ अर्ब ४८ करोड, सिङ्गापुरबाट रु. १५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट रु. १४ अर्ब ५१ करोड एफडीआई रहेको देखिन्छ ।

Advertisement

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा रहेको राष्ट्र बैंकको सर्वेक्षणमा उल्लेख छ । औद्योगिक क्षेत्रअन्र्तगत जलविद्युत्क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६.९ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको छ ।

समीक्षा वर्षमा वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत रहेको पाइएको र नाफाको दर करिब १४.७ प्रतिशत रहेको राष्ट्र बैंकको भनाई छ । 

एफडीआईसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक अनुसन्धान विभागले यस सम्बन्धमा प्रत्येक वर्ष स्थलगत सर्वेक्षण सम्पन्न गर्ने गरेको राष्ट्र बैंकको भनाई छ । 

आर्थिक वर्ष २०७७–७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल १९७ वटा कम्पनीको नमूना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा एफडीआईसम्बन्धी सर्वेक्षण प्रतिवेदन तयार पारिएको हा । 

Advertisement

Advertisement