पञ्चकन्या ग्रुपले वार्षिकोत्सवको अवसरमा गर्यो दन्त शिविर

Advertisement

काठमाडौँ । पञ्चकन्या ग्रुपले ५०औं वार्षिकोत्सवको अवसरमा ग्रुपको केन्द्रीय कार्यालय, कृष्णगल्ली, ललितपुरमा सहयात्री नेपालको सहयोगमा दन्त शिविरको आयोजना गरेको छ ।

उक्त शिविरमा सहयात्री नेपालबाट डाक्टर र प्राविधिक गरी जम्मा ११ जना जनशक्तिबाट ग्रुपमा कार्यरत १५६ जना कर्मचारीहरुको दाँतको चेकजाँच, दन्त सर–सफाई, औषधी वितरण, आवश्यक परामर्श उपलब्ध भएको थियो ।

Advertisement

सोही संस्थाले ग्रुपको कारखाना कार्यालय, भैरहवामा समेत दन्त शिविर आयोजना गरेको थियो । पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा यस्तासामाजिक कार्यक्रमहरु निरन्तर गर्दै आएको जनाएको छ ।

Advertisement