दशैंलाई लक्षित गर्दै आजबाट नयाँ नोट वितरण सुरु, एक जनाले कतिसम्म सटही गर्न पाउँछ ?

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारबाट नयाँ नोट वितरण शुरु गरेको छ । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै नयाँ नोट वितरण सुरु गरिएको हो । 

राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट सुरु भएको नयाँ नोट वितरण राष्ट्र बैंकका अरु कार्यालय र बैंक वित्तीय संस्थाबाट पनि क्रमसः वितरण सुरु हुने जनाइएको छ । बैंक वित्तीय संस्थाले असोज २ गतेबाट साटनसक्ने गरी नयाँ नोट उपलब्ध गराइने राष्ट्र बैंकले बताएको छ । 

Advertisement

नयाँ नोट लिन राष्ट्र बैंकमा सर्वसाधारणको लाइन देखिएको थियो । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले यही अवसरमा नोटहरु वितरण गर्ने चलन रहँदै आएको छ । दशैंमा टीका लगाएर दिन पूरानाभन्दा नयाँ नोट दिने चलन रहेको छ । 

सर्वसाधारणले ५, १०, २० ५० १०० ५०० र १००० का नयाँ नोट साट्न पाउनेछ । एक व्यक्तिले पाँच देखि एक सय दरका एक एक प्याकेट गरी १८ हजार पाँच सय सम्म नोट साट्न पाउनेछन् । राष्ट्र बैंकले यस पटक दशैंका लागि १० अर्ब रुपियाँ बराबरको नयाँ नोट बजारमा ल्याउने तयारी गरेको छ ।  

Advertisement

Advertisement