पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता (तीन बुँदे सहमतिसहित)

Advertisement

काठमाडौँ । पेट्रोलियम पदार्थको ढुवानी भाडा समयसापेक्ष वृद्धि गर्ने सहमति भएसँगै पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय, नेपाल आयल निगम तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका पदाधिकारीको छलफलपछि ढुवानी भाडा समायोजनसम्बन्धी विषय आगामी असोज ७ गतेसम्म लागू गर्ने सहमति भएको हो ।

Advertisement

सहमति पश्चात् व्यवसायीले हिजैदेखि आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सञ्चालन गरेका छन् । महासंघले विगत लामो समयदेखि ढुवानी भाडा समयसापेक्ष वृद्धि गरिनुपर्ने माग गर्दै आएको थियो । निगम र महासंघबीच व्यवसायीका माग अनुरुपको ढुवानी भाडा वृद्धिसम्बन्धी प्रस्तावलाई जतिसक्दो छिटो कार्यान्वयन गर्ने सहमति भएको छ । भाडा वृद्धिसम्बन्धी प्रस्ताव निगमको सञ्चालक समितिमा पेश भइसकेको छ ।
 
यसैगरी नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले राखेका मागका सम्बन्धमा महासंघको प्रतिनिधिसहित सम्बन्धित संघ तथा संगठनको प्रतिनिधिको उपस्थितिमा आवश्यक छलफल गरी उचित सम्बोधन गर्ने सहमति भएको निगमले जनाएको छ ।

Advertisement

Advertisement