ब्लग बनाउँदाबनाउँदै अभिनयमा जोडिएका नायक धीरजको फरक फिल्मी करियर

Advertisement

काठमाडौं । अभिनेता धीरज मगरको दोस्रो फिल्म ‘बाबरी’ आउँदो असोज १४ गते रिलिज हुँदैछ । रुकुममा जन्मिएरका धीरज बुबा बेलायती गोर्खा सैनिक भएकाले  दुई वर्षको उमेरमै देश छोडेर बेलायत गए । उतै अध्ययन गरे । तर अभिनय क्षेत्र रोजेकाले उनी नेपाल फर्किन बाध्य भए । बेलायतमा हुर्किए पनि परिवारले धीरजलाई नेपालीपन र संस्कारबाट टाढा रहन दिएन् । विदेशमा भए पनि उनी घरमा नेपाली भाषा बोल्ने, नेपाली गीत सुन्ने,  नेपाली फिल्म हेर्ने गर्थे । इन्टरनेशनल विजनेशमा स्नातक पूरा गरेर अब डिग्री गर्ने तयारीमा रहेका धीरज आफ्नो पढाईलाई फिल्मसँग जोड्न चाहान्छन् । उनी भन्छन्, ‘भविष्यमा गएर यो विजनेशकै पढाईले मलाई फिल्म बनाउने ठाउँमा पुर्याउँछ कि ?’  ‘इन्टु मिन्टु लन्डनमा’, ‘आई यम २१’ र ‘बाबरी’ फिल्ममा अभिनय गरेका धीरजसँग कर्पोरेट नेपालकी फुर्पा शेर्पाले गरेको कुराकानीको अंशः

तपाईं उच्च शिक्षा अध्ययन गर्दागर्दै अभिनयमा लाग्ने इच्छा कसरी जाग्यो ?
अभिनयमा आउनुअघि म ब्लगर थिए । मेरो फ्यान, फलोअर पहिलादेखि राम्रो थियो । बेलायतमा रहेको नेपाली समाजमा धेरैले मलाई चिन्थे । त्यसैले मलाई कार्यक्रमहरुमा पनि अथिति, कार्यक्रम सञ्चालकको रुपमा आमन्त्रण गर्नुहुन्थ्यो । बेलायतको एउटा यूके डयान्स प्रतियोगितामा मलाई सञ्चालन गर्न बोलाएको थियो । त्यही बेला नै ‘इन्टु मिन्टु लन्डनमा’ फिल्मको निर्देशक पनि त्यही हुनुहुँदो रैछ ।  उहाँलाई मेरो कला मन पर्यो । ‘इन्टु मिन्टु लन्डनमा’ फिल्मको लागि मेरो पात्र, फिल्ममा पनि नायकको पात्रसँग मिल्दो रहेछ । उहाँले मलाई फिल्मको लागि प्रस्ताव राख्नुभयो । मैले प्रस्ताव आइसकेपछि कहानी सुने । नाम पनि ‘इन्टु मिन्टु लन्डनमा ।’  म बेलायतमै बस्दै आएको । सानैदेखि नर्सरीमा पढ्दा गाउने गीत भएर पनि होला मलाई यो फिल्म राम्रो लाग्यो । यो फिल्मको प्रस्ताव आउनुअघि दुई–तीन वटा फिल्मको लागि प्रस्ताव आएको थियो । तर मैले स्वीकार गरिन । ‘इन्टु मिन्टु लन्डनमा’को कहानी सुन्दा चाहिं मलाई अभिनयमा जाने हो भने यसैबाट सुरुवात गर्नु ठिक होला जस्तो लाग्यो । अभिनय पनि गरें । दर्शकहरुले पनि मन पराइदिनुभयो । ‘इन्टु मिन्टु लन्डनमा’को अभिनयका लागि प्रस्ताव आएपछि म नेपाल आएर ट्रायल फेज पनि गरे । फिल्मको प्रस्ताव नै स्वीकार नगरी नेपाल आएको हो । नेपालबारे धेरै थाहा नभएकाले थाहा पाउन पनि मौका भयो । मैले दुई हप्ताको ट्राइल फेज मागेर अभिनयको कार्यशाला लिए । नेपाल आएपछि अझै फिल्म क्षेत्रबारे बुझ्र्दै गए । दुई हप्ताको ट्रायल फेज सकेपछि मैले नेपालमा केही गर्नसक्छु भन्ने भयो । त्यसपछि बेलायत फर्किएँ र निर्देशकसँग कुरा गर्दै गएपछि मैले फिल्ममा अभिनय गर्ने प्रस्ताव स्वीकार गरें । अहिलेसम्म मैले अभिनय गरेको फिल्म भइसकेको छ । तीमध्ये अर्को फिल्मको सुटिङ सक्किसकेको छ । अब २०२३ तिर यो फिल्म रिलिज हुने तयारीमा छ । 

Advertisement

पहिलो फिल्ममा अभिनय गर्दाको अनुभव कस्तो रहयो ?
नेपाल मेरो लागि विदेश जस्तो अनुभव थियो । सानै उमेरमा उता गएको । त्यो भएकाले मेरो पहिलो फिल्ममा अभिनयको अनुभव फरक रहयो । जस्तो त्यतिबेला मलाई सुटिङ गर्ने बेला गाह्रो भयो । नेपालमा जुन किसिमको काम गराई छ, त्यसले । विदेशमा सबै कुरा व्यवस्थित हुन्छ । सबै कुरा समयमा हुन्छ । तर नेपालमा धेरै कुरा हुन्छ भने पनि ढिलो हुने । लापर्वाही हुने गरेको मैले महशुस गरें । एक दिनमा हुने काम पनि तीन–चार दिन लगाइदिने । सानैदेखि समयमा काम गर्ने बानी, लन्डनमा हुर्केबढेको भएर होला, अल्ली असहज महशुस हुन्थ्यो । पहिला कहिलेकाहीं बिदामा छोटो समय परिवारसँग नेपाल आए पनि अभिनयको क्रममा उक्लै आएको थिए । यहाँ आएपछि मलाई एक्लोपनले सतायो । काठमाडौंको सबै कुरासँग बानी पर्न समय लाग्यो । तर फिल्ममा अभिनय गर्न चाहिं मलाई खासै गाह्रो भएन । मेरो पहिलो फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ पछि झन् फिल्मतर्फ मेरो माया बढेर आयो । 

अहिले अभिनय गरेको फिल्ममा काम गर्दा केही फरक महशुस भएको छ ?
जति काम गर्दै गयो, त्यति नै बुझ्दै जाने हो । जति बुझ्दै गयो, त्यति नै रमाइलो लाग्दै जाने रहेछ । अब रिलिज हुन लागेको फिल्म ‘बाबरी’ हो । यो सुटिङ गरिरहँर्दा पहिले आफूले अभिनय गरेको ‘इन्टु मिन्टु लन्डनमा’ सम्झिदा त्यतिबेला मलाई फिल्म क्षेत्रबारे केही पनि थाहा नभएको महशुस हुन्थ्यो । अहिले आत्मविश्वास बढेको छ पहिलो फिल्मदेखि दोस्रो र तेस्रो फिल्ममा अभिनय गर्दासम्म । मेरो भूमिका ‘इन्टु मिन्टु लन्डनमा’ मेरो वास्तविकसँग मिल्दो जुल्दो छ । तर रिलिज हुन लागेको बाबरीमा चाहिं अलि फरक छ मेरो भूमिका । एक त बेलायतमा हुर्केको, नेपालको एउटा जिल्लाको ठकुरीको भूमिका निभाउनु धेरै गाह्रो । त्यही भएर पनि आफूले गरेको कामहरु हेर्दा मैले धेरै सुधारेको छु भन्ने महशुस भएको छ । 

Advertisement

तपाईंलाई मन पर्ने रुचीको फिल्म चाहिं कस्तो हो ? कुल खालकोमा अभिनय गर्न बढी मन लाग्छ ? 
म बिल्कुलै भिन्न भूमिकामा अभिनय गर्न चाहान्छु । त्यही भएर पनि बाबरीमा मेरो रोल मन परेको छ । यस फिल्ममा मेरो भूमिका नै भिन्न छ । म वास्तवमा जस्तो छु, त्यो भन्दा निकै फरक छ यो । मेरो बेलायतमा ठकुरी साथीहरु सँगत पनि छन् । तर, ठकुरीहरुको पृष्ठभूमि, संस्कृति, रीतिरिवाज थाहा थिएन जुन कुरा मैले यस फिल्मबाट थाहा पाउने मौका पाएँ । नेपालको संस्कृति, रीतिरिवाज थाहा पाएँ । सो कारण मलाई आफूभन्दा बिल्कुलै भिन्न भूमिकामा अभिनय गर्न मन पर्छ । अब आउने दिनहरुमा अझ् फरक रोलमा अभिनय गर्न चाहान्छु । अभिनय गर्दैगर्दा धेरै कुराहरु सिक्ने, बुझ्ने मौका मिल्दोरहेछ नेपालको बारेमा । त्यसैले म निकै खुःसी छु । मैले सानो हुँदा नेपालमा बस्न, हुर्किन पाइन । नेपालको संस्कृति, रीतिरिवाज जान्न मौका मिलेन । अहिले अभिनयमार्फत ती कुरा थाहा हुँदेछ । घुल्मिलिन पाइरहेको छु । म विदेशमा हुर्किए पनि नेपाल आउँदा एक किसिमको आफ्नो पन चाहिं महशुस हुन्छ । नेपाल आउँदा आफ्नो ठाउँमा आएको महशुुस हुन्छ । त्यही कारण नेपालमै केही गर्नुपर्छ भन्ने भावले पनि म नेपालमा छु । नेपाली फिल्ममा अभिनय गरिरहेको छु ।

अभिनय क्षेत्रमा आउनुअघि के गर्नु हुन्थ्यो ?
म पढाईसँगै युट्युबमा ब्लगिङ गर्थें । स्कुलको पढाइ सकिएपछि कलेज सुरु हुनुअघि दुई महिना लामो गर्मीको छुट्टिको बेला केही प्रोडक्टिभ कुरा गरुम भन्ने लागेर साथीहरुसँग मिलेर कमेडी भिडिओ निर्माण गर्थें । बिस्तारै ट्रयाभल ब्लगहरु गर्न थालें । सन् २०१३ मा मैले आफ्नै युट्युब खोलें । ट्राभल ब्लगहरु गर्दागर्दै कोरियाको पर्यटन बोर्डले एक हप्ताको लागि आउनु कोरियाको खाना, संस्कृति, रीतिरिवाज, स्थानहरुको ब्लग गर्नु भनेर मेल पठायो । यसरी मेल आउँदा म आश्चर्यचकित भएको थिए । मैले समयको उपयोगको लागि ब्लग बनाउन थिए । यस्तो अवसर आउँदा मलाई निकै खुःसी महशुस भएको थियो । ब्लगहरु बनाउँदा राम्रो हुँदो रहेछ भन्ने महशुस भयो । त्यसरी नै मेरो अन्तर्राष्ट्रिय रूपमै फ्यान, फलोअइङ बढ्यो । ब्लग बनाउने भएर नै होला अभिनयतर्फ पनि सम्बन्ध जोडियो । ब्लगका लागि कोरिया, थाइल्यान्ड लगायतका विभिन्न देश पुगें । 

अहिले अभिनयमा सक्रिया हुनुहुन्छ । यस पेशामा अरु चुनोतीहरु के के हुँदो रहेछ ?
अभिनय गर्नु सजिलो काम होइन । १८–२० घण्टा नसुती काम गर्नुपर्ने । जुन यो बाबरी फिल्ममा सिक्किमको माइनस १० डिग्रिमा हामीले सुट गर्यौं । त्यतिबेला पनि थोरै थकाइ मेट्दै सुट गरेका थियौं । त्यतिबेला हामीसँग धेरै समय पनि थिएन् । जाडो याममा गएका थियौं । त्यो माइनस १० डिग्रीमा ५ घण्टा मात्र सुतेर फ्रेस देखिनुपर्ने । त्यस्तो चिसोमा मुख सुनिने जस्तो भएको थियो । त्यही पनि हामी क्यामेरामा फ्रेस देखिनुपर्ने भएकाले त्यो कुराहरु एक्दम अप्ठ्यारो भएको थियो । टिमले उत्प्रेरित गरेर सफल भयौं ।

Advertisement