डिशहोममा एक वर्षको रिचार्ज गर्दा भीमसेन थापा गाउपालिकाका भीमले जिते रु. एक लाख

Advertisement

काठमाडौं । डिशहोमको डीटीएच सेवामा अब एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकले नजिकैको डिलरकोमा गएर फण्ड ट्रान्सफरमार्फत एक बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाइने छ । 

साथै योअफर अन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना विजेता ग्राहकले गोलाप्रथामार्फत नगद रु एक लाख जित्न सक्नेछन् ।

Advertisement

यसै क्रममा भीमसेन थापा गाउपालिका ५ निवासी भीमबहादुर भट्टराईले रु एक लाख जितेका छन् । भैरवी इन्टरप्राइजेजको डिलर अन्तरगत रहेको आरुघाट धादिङका सह—वितरक श्रेष्ठ इलेक्ट्रोनिक्सका डिलर धर्मेन्द श्रेष्ठकोमा एक वर्ष रिचार्ज गरेर भट्टराईले गोलाप्रथामा सहभागी हुने अवसर पाएका थिए । 

गोलाप्रथाको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement