खरीद ऐनको छिद्र खोजेर ठेकेदारहरु विकास निर्माणमा राम्रो काम गर्दैनन्ः सापकोटा

Advertisement

काठमाडौं । सभामुख अग्नि सापकोटाले सार्वजनिक खरिद ऐनमा छिद्र खोजेर कन्ट्रयाक्टर (ठेकेदार, निर्माण व्यवसायीहरुले राम्रोसँग विकास निर्माणको काम नगरेको बताएका छन् । 

संसदको विकास समितिले शनिबार गरेको कार्यक्रममा उनले विकास निर्माणका आयोजनाहरुमा कार्यान्वयन नै महत्वपूर्ण कुरा हो भन्दै तर खरीद ऐनको गुणात्मकता र वैज्ञानिकता नहुँदाखेरी धेरै ठूला असरहरु परेको बताए । 

Advertisement

सापकोटाले भने, ‘राष्ट्रिय गौरवका आयोजनाहरुमा पनि तपाईंहरुले अध्ययन गर्नुभएको छ । नीति निर्माण हामीले गर्छौं । योजना निर्माण पनि महत्वपूर्ण कुरा हो । तर त्यो भन्दा कयौँ गुणा बढी महत्वपूर्ण कुरा कार्यान्वयनको हो । हाम्रो चुनौती कार्यान्वयनको हो । त्यो चुनौतीलाई तपाईंहरुले स्वीकार गरेर आफ्नो क्षेत्रबाट, समितिबाट जति गर्न सक्नुपथ्र्यो त्यति गर्नुभएको छ । विकास निर्माणको कुरा गर्दाखेरी सार्वजनिक खरीद ऐनको गुणात्मकता नहुँदाखेरी, वैज्ञानिकता नहुँदाखेरी धेरै ठूला असरहरु परेका छन् । छिद्र खोजेर कन्ट्रयाक्टरहरुले राम्रोसँग काम नगरेको बेलामा यस सम्बन्धमा पनि तपाईंहरुले राम्रोसँग काम गर्नुभएको छ भन्ने मलाई लाग्छ ।’

साथै, उनले सर्वोच्च अदालतले कानूनको कार्यान्वयन गरेनगरेको निगरानी गर्ने दायित्व सांसदहरुको भएको तर्क गरे । सापकोटाले सांसदहरुको जिम्मेवारी गुणस्तरीय कानून निर्माण गर्नु भएको बताए । सांसदहरुले निर्माण गरेका कानूनको सर्वोच्च अदालतले ठिकसँग कार्यान्वयन गरेनगरेको सम्बन्धमा निगरानी गर्ने दायित्व पनि सांसदहरुकै भएको उनको तर्क छ । 

Advertisement

Advertisement