सबै स्थानीय तहमा कृषि कम्पनी खोल्ने र ३० लाखलाई रोजगारी दिने भन्दै एक समूहको पत्रकार सम्मेलन

Advertisement

काठमाडौं । ‘हाम्रो अभियान–हामी बनाउँछौं हाम्रो देश’ नाम दिइएको एक समूहले ७५३ वटै स्थानीय तहमा कृषि कम्पनी स्थापना गर्ने बताएको छ । उक्त समूहले शनिबार पत्रकार सम्मेलन गरेर ३० लाखलाई रोजगारी दिने दावी पनि गरेको छ । 
 
समूहले सकारात्मक टिसर्ट क्रान्तिमार्फत मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने जनाएको छ । अभियानका अध्यक्ष हरि अधिकारीले देशमा विद्यमान समस्या समाधान गर्न दलहरु उदासिन बनेको गुनासो पोख्दै देशमा कृषि क्रान्तिको नारा घन्किएको २०औं वर्ष भएकोले अहिलेसम्म क्रान्ति हुन नसकेको बताए । 

उनले देश बनाउनको लागि सबै युवाहरु पार्टीको विचारभन्दा माथि उठ्नुपर्ने बताए । अधिकारीले कृषि कम्पनी खोलेसँगै निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यवसायमा रुपान्तरण गर्ने बताए । 

Advertisement

कृषि कम्पनी खोलिएसँगै मुलुकमा २५ देखि ३० लाखलाई रोजगारी दिन सकिने उनको दावी छ । अधिकारीले भने, ‘कृषिमा देशलाई आत्मनिर्भर बनाउनेछौं । कृषि पेशा र किसानमा आत्मनिर्भरता आवश्यकता छ । अब खेतीयोग्य जमिन बाँझो रहने छैन् । हामी उत्पादनको बजारीकरण गराउने छौं । देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउनेछौं । हरित क्रान्तिले देशमा पर्यटकहरु भित्राउनेछौं ।’

अधिकारीले अहिले देशका युवाहरु एक छाक खानाको लागि सस्तो पारिश्रमिकमा विदेशिनुपरेको दुःख सुनाए । उनले अहिले प्रत्येक नेपालीको टाउकोमा ऋणको भारी थपिएको भन्दै यसबाट मुक्त गर्नको लागि कृषि क्रान्ति गर्नुपर्ने बताए ।

Advertisement

Advertisement