बालेनलाई धक्का, टुकुचामाथि बनेका घर नभत्काउन उच्च अदालतको अन्तरिम आदेश

Advertisement

काठमाडौं । उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन काठमाडौं महानगरपालिकालाई अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले यस्तो आदेश दिएको हो । जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपुर्याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिइएको हो । 

Advertisement

आदेशमा भनिएको छ, ‘निज निवेदकहरूमाथि उल्लिखित जग्गामा बनेको घर कानुनबमोजिम रित नपुर्याई वा उचित क्षतिपूर्ति नदिई भत्काउने कार्य नगर्नू नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ ।’

साथै, अदालतले असोज ५ गते वादी र प्रतिवादी दुवै पक्षलाई छलफलका लागि  बोलाएको छ । गत शुक्रबार दायर रिटमा अदालतले आज अन्तिम आदेश दिएको हो । 

Advertisement

Advertisement