सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजनामा दुई लाख रुपियाँसम्म नगद छुट पाइने

Advertisement

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । 

यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपियाँ नगद छुट, १ वर्षको सवारी बीमा र स्क्राच कार्ड मार्फत एक लाख पचास हजार रुपियाँसम्म अतिरिक्त छुट पाउने छन् । 

Advertisement

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन् । 

सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री बितरण गर्दै आएको छ । 

यो योजना सीमित अवधिका लागी मात्र जारी गरिएको कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement