उद्योगी, व्यवसायी र बैंकरहरुलाई संबिधान दिवसमा सरकारको सम्मान

Advertisement

काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले विभिन्न उद्योगी व्यवसायी र बैंकरहरुसहित ९ सय ९८ जनालाई सम्मान गर्ने भएको छ । 

सरकारले भदौ ३१ मा निर्णय गरेर पठाएको सूची राष्ट्रपति कार्यालयले आज सार्वजनिक गरेको हो । 

Advertisement

यसैक्रममा सुकीर्तिमय राष्ट्रदीप पदकबाट नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकालाई सम्मान गर्ने भएको हो । 

नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना र एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी जनसेवाश्री पदकबाट सम्मानित हुने भएका हुन् । 

यता, प्रभु बैंकका डेपुटी सीईओ मनिराम पोखरेल, नायब महाप्रबन्धक दिनेश थकाली, बैंकर रुक्मिणाकुमारी ज्ञवाली र प्रभु इन्स्योरेन्सका सीईओ सञ्चित बज्राचार्य पनि सम्मानित हुने भएका छन् ।

प्रशिद्ध जनसेवाश्री सोल्टी होटलका सञ्चालक स्वर्गीय प्रभाकर शम्शेर जबरालाई, बैंकर तथा उद्यमी पृथ्वीबहादुर पाँडेका पिता स्वर्गीय सरदार भीमबहादुर पाँडेलाई प्रसिद्ध प्रबल जनसेवाश्री, सुप्रबल जनसेवाश्रीबाट व्यवसायी कुशकुमार जोशी, कुसुम लामा, राजेशकुमार अग्रवाल, पर्यटन व्यवसायी राम थापा, रामबहादुर कोइरी, होटल ब्यवसायी सृजना राणा पनि सम्मानित हुने भएका छन् । 

एनआरएनएका अध्यक्ष कूल आचार्य, कर्पोरेट कानून व्यवसायी सेमन्त दाहाल, सम्मानित हुने भएका छन् । कीर्तिमय राष्ट्रदीपबाट गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने पनि सम्मानित भएका हुन् ।  

प्रवल जनसेवाश्रीबाट व्यवसायी सुशीलकुमार गोयन्का, प्रभु एयरका विनोद थकाली, धौबादी फलाम कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. जनकबहादुर चन्द, डा. सुबोधकुमार गुप्ता, भीमप्रसाद घिमिरे, विज्ञापन व्यवसायी राजेन्द्रप्रसाद अर्याल, खुमबहादुर सुवेदी, प्रतापजंग पाण्डे, लगायतका सम्मानित भएका छन् ।
  

Advertisement

Advertisement