नेपालको उड्डयन सुरक्षाको ‘अडिट’ गर्न अर्को महिना नेपाल आउँदै ईयूको टोली

Advertisement

काठमाडौं । नेपालको उड्डयन सुरक्षाको जाँच गर्न युरोपेली युनियन (ईयू)को टोली अर्को महिना नेपाल आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अक्टोबरको अन्त्य तथा नोभेम्बरको पूर्वाधसम्ममा ईयूको टोली आउन लागेको जानकारी दिएको हो । 

तर आउने दिन भने तय अझै भइसकेको छैन् । यसअघि सन् २०१३ मा ईयूको टोली अडिट लागि नेपाल आएको थियो । अब आउने प्राविधिक टोलीले पाँच दिनसम्म नेपाल उड्डयन क्षेत्रको अडिट गर्ने प्राधिकरणका एक कर्मचारीले बताए । 

Advertisement

ईयूको टोलीले लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेशन, एयर वर्थनेसन, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एण्ड ग्राउन्ड एड्सलगायत आठ क्षेत्रमा अध्ययन गर्नेछ । 

नेपालमा उड्डन सुरक्षा भरपर्दो नरहेको र दुर्घटना धेरै हुने गरेको भन्दै ईयूले नेपाललाई सन् २०१३ देखि हवाई प्रतिबन्ध सूची (ब्ल्याक लिष्ट)मा राखेको थियो । उक्त सुचीबाट हटाउन नेपालले आग्रह गर्दै आए पनि उसले उपेक्षा गर्दै आएको थियो । हवाई प्रतिबन्ध सूचीमा राख्दा नेपाली वायुसेवा कम्पनीहरुले युरोप क्षेत्रमा उडान गर्न पाएका छैनन् ।  

Advertisement

Advertisement