वायुसेवा कम्पनीहरुले असोज ९ देखि रामेछाप–लुक्ला दैनिक उडान गर्ने

Advertisement

काठमाडौं । विकट गन्तव्य उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले अन्तरप्रादेशिक उडान विस्तार गर्ने भएका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कम्पनीहरुले असोज ९ गतेबाट रामेछाप–लुक्ला उडान गर्नेछन् । तारा एयर, सीता र समिट एयरले अक्टोबर १ तारिखबाट रामेछाप–लुक्ला उडान गर्ने प्राधिकरणले जानकारी दिएको हो । 

Advertisement

यो गन्तव्य उडानमा विदेशीका लागि एक सय ५७ अमेरिकी डलर, भारतीयका लागि १२ हजार दुई सय ७५, नेपालीका लागि ५२८० र लोकल प्यासेन्जर चार्टर उडानका लागि प्रति व्यक्ति सात हजार ५० रुपैयाँ लागु तारा एयरले गरेको छ ।
 

Advertisement

Advertisement