नेपाल टेलिकमको ई सिम अब विभिन्न आठ ठाउँहरुबाट पाईने, के छ विशेषता ?

Advertisement

काठमाडौं । नेपाल टेलिकमले दुुर सञ्चार कार्यालय सुन्धारामा  रहेको ग्राहक सेवा केन्द्रबाट ग्राहकहरुलाई निःशुल्क ई सिम वितरण गरिरहेको छ । आन्तरिक परीक्षण र प्रयोग सफल भएको भन्दै ग्राहकहरुमाझ प्रबद्र्धनात्मक परीक्षणको रुपमा वितरण भइरहेको ई सिमको लागि  टेलिकमले यथेष्ट संख्या मौज्दात रहेको जनाएको हो ।

ग्राहकहरुको माग बढेसँगै सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट मात्र वितरण भइरहेको ई सिम भोलि  असोज ४ गतेदेखि अन्य ग्राहक सेवा केन्द्रहरु नक्शाल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी तथा पुल्चोकबाट वितरण हुने भएको छ ।

Advertisement

ग्राहकले मोबाइलमा ई सिम चलाउनका लागि क्यूआर कोड प्रयोग गरी स्क्यान गर्नु पर्ने टेलिकमले जनाएको छ । त्यस्तै, क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटका लागि मात्र ई सिम उपयोग गर्न मिल्ने टेलिमको दाबी छ।
ग्राहकहरुलाई आफ्नो मोवाइलका प्रकृती हेरेर मात्रै ई सिम प्रयोग गर्न टेलिकमले अनुरोध गरेको छ । तर आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सनबाट सहजै ई सिमको चल्ने चल्ने थाहा पाउँन सकिने टेलिकमले जनाएको हो ।

ई सिम एक प्रकारको भर्चुअल भएकाले हालको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता नपर्ने टेलिकमले जनाएको छ । ग्राहकले उक्त सिमबाटै फोन गर्ने तथा डाटा चलाउने दुवै सुविधा उपभोग गर्न सक्ने टेलिकका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

Advertisement

Advertisement