एजी इन्टरनेशनलद्वारा कमला श्रेष्ठसहित चर्चित ब्यूटीसियनहरु सम्मानित

Advertisement

काठमाडौ । स्वेडेन कस्मेटिक्स ब्राण्ड ओरीफ्लेमको नेपाल स्थित आधिकारिक विक्रेता एजी इन्टरनेशनल प्राइभेट लिमिटेडले ब्यूटिसियनहरुलाई सम्मान गरेको छ ।  

ओरीफ्लेम ले सोमबार काठमाडौमा सेमिनार आयोजना गरेर चर्चित व्युटिसियन कमला श्रेष्ठलाई एडभान्स ग्रुपका अध्यक्ष अरुणकुमार कर्णले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । 
 
यसैगरी ओरीफ्लेम मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल, रनर अपहरु र ख्यातिप्राप्त व्युटिसियनहरु सम्मानित भएका थिए ।  

Advertisement

यस प्रकारको सम्मानले व्युटिसियनहरु प्रोत्साहित हुने एवं सौन्दर्य व्यवसाय मा उत्साह बढने सम्मानित श्रेष्ठ बताउँछिन् । 

ओरीफ्लेम अन्तरास्ट्रिय स्तरमा ख्यातिप्राप्त प्राकृतिक सौन्दर्य प्रशाधन हो ।

Advertisement

Advertisement