अनशनरत डा. केसीलाई थप उपचारका लागि सैनिक हेलिकप्टरबाट काठमाडौं ल्याइने

Advertisement

काठमाडौं । सरकारले पं्रतिवद्धता कार्यान्वयन नगरेको भन्दै धनगढीमा बीसौं चरणको आमरण अनशनमा रहेका स्वास्थ्य क्षेत्र तथा स्वास्थ्य शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई थप उपचारका लागि सैनिक हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी गरिएको छ । 

विगत ९ दिनदेखि सात वटा माग राखेर अनसनमा बसेका उनको स्वास्थ्य स्थिति झन् जटिल हुँदै गएको चिकित्सकहरुले बताएपछि थप उपचारका लागि काठमाडौं ल्याइन लागिएको हो । 

Advertisement

स्वास्थ्यमा जटिलता देखिएपछि डा. केसीलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो । उन शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने चिकित्सवकहरुले औंल्याएका छन् । साथै, केसीको पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको छ । 

अनसन बसेको दोस्रो दिनदेखि नै नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई काठमाडौं ल्याउने तयारी गरिएको बेला केसीका प्रतिनिधि र सरकारी पक्षबीच पनि कुराकानी भइरहेको छ । 

Advertisement

Advertisement