हुण्डाइको ईभी ‘आयोनिक फाइभ’मा किन बढ्दो छ आकर्षण ?

Advertisement

काठमाडौं । हुण्डाइको विद्युतीय सवारी साधन ‘आयोनिक फाइभ’ ग्राहकमाझ लोकप्रिय बन्दै गएको यसको नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।

एक करोड १६ लाख ९६ हजार रुपियाँ मूल्य कायम गरिएको यो गाडी अहिले परिस्कृत संस्करणमा नेपालमा आएको हो । यसअघिको आयोनिक फाइभको मूल्य एक करोड रुपियाँभन्दा कम थियो । नयाँ विशेषताहरुसहित आएकाले यसको मूल्यमा केही वृद्धि भएको कम्पनीको भनाई छ । 

Advertisement

ग्राहकहरुको रुचीअनुसार यसलाई परिष्कृत गरिएको जनाइएको छ । नेपालमा गत वर्ष माघमा आयोनिक फाइभ लन्च भएको थियो । 

एक पटकमा पाँच जनासम्म बस्न मिल्ने सिट क्षमता रहेको ‘हुण्डाई आयोनिक फाइभ’ पारिवारिक प्रयोजनका लागि बढी उपयोगी छ । एक पटक चार्ज गरेपछि ३७५ किलोमिटरसम्म आरामसँग यात्रा गर्न सकिने भएकाले पनि यसको आकर्षण थपिएको हो । 

पेट्रोलियम पदार्थमा भइरहेको चर्को मूल्यवृद्धि र जनस्वास्थ्यका दृष्टिले समेत पछिल्लो समयमा विद्युतीय गाडीमा आकर्षण बढेको छ । अर्कोतर्फ सरकारले वातावरण संरक्षण र आयत प्रतिस्थापनमा कमी गर्न विद्युत गाडीको आयातलाई प्रोत्साहन दिएको अवस्था छ । 


विद्युतीय सवारी साधन चार्जबाटै चल्ने भएकाले एक पटक चार्ज गरेपछि कहाँसम्म पुगिन्छ ? भन्ने ग्राहकलाई चिन्ता हुनेगर्छ भन्दै कम्पनीकी सेल्स कन्सल्ट्यान्ट रिता पियाले भनिन, ‘तर आयोनिक फाइभ एउटा यस्तो गाडी हो जहाँ ग्राहकहरुले एकपटक चार्ज गरेपछि करिब ४ सय किलोमिटरसम्मको यात्रा तय गर्न सक्छन् ।’

पेट्रोलियम पदार्थबाट चल्ने गाडीमा यात्रा गर्ने बेलामा पेट्रोल सक्किने झन्झटले पनि चालकलाई सास्ती दिने गर्छ । विगतमा विद्युतीय सवारी साधन सस्तो र कमसल हुन्छ भन्ने भ्रम रहे पनि अहिले भने त्यस्तो सोचाईमा परिवर्तन भएको उनले बताइन् । 

पियाले भनिन, ‘अहिले विद्युतीय सवारी साधनमा समेत महङगो मूल्य तिरेर खरिद गर्न पाइने भएसँगै ग्राहकले गुणस्तरमा प्रश्न उठाउने ठाउँ छैन् । 
हुण्डाइको आयोनिक फाइभलाई पहिलो पटक किन्दा ३५ सय किलोमिटर चलाएर सर्भिसिङ गर्न सकिन्छ भने त्यसभन्दा पछाडी सोही किलोमिटरको हाराहारीमा वा चार महिनाको अनुपातमा सर्भिसिङ गर्न मिल्छ । 

एमबियन्ट लाइट र गाडीको अगाडी पट्टि रहेको बुट्ट स्पियरले हुण्डाई आयोनिकलाई थप आकर्षक बनाएको छ । अन्य गाडीलाई लोड दिनु परेमा समेत त्यस्तो विशेषता हुण्डाई आयोनिकमा पाउन सकिन्छ । यस गाडीको चक्कामा चालकले आफै हावा भर्न सक्ने र लिक्वीड राख्न मिल्ने सुविधा छ । 

साथै, शहर केन्द्रित बाटोका लागि मात्रै नभई ग्रामीण क्षेत्रमा समेत हुण्डाइको ईभीका गाडीहरुले सफलता पाएको पियाले बताइन । 

Advertisement

Advertisement