नागरिकता विधेयक अस्वीकृत हुँदासमेत नैतिकताको आधारमा राजीनामा दिने आँट देउवाले गरेनन्

Advertisement

काठमाडौं । बहुचर्चित नागरिकता विधेयक राष्ट्रपति विद्या भण्डारीबाट अस्वीकृत भएको छ । गए राति १२ बजेसम्म उक्त विधेयक प्रमाणिकरण गर्नुपर्ने समय भए पनि हुन नसकेपछि अर्को संवैधानिक संकटको अवस्था आएको छ । 

सरकार र सत्तारुढ गठवन्धनको प्रतिष्ठासँग समेत जोडिएको यो विधेयक अस्वीकृत भई निष्क्रियसमेत भइसकेको अवस्थामा सरकार र गठवन्धनको नेतृत्व गर्दै आएका प्रधाानमन्त्री शेरबहादुर देउवाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने देखिन्छ । यस्तै एक घट्नामा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएर थोरै भए पनि नैतिकता प्रदर्शन गर्ने आँट गरेका थिए । 

Advertisement

तर आफूलाई प्रजातान्त्रिक दलको नेताको रुपमा प्रस्तुत गर्दै आएका देउवाले यति ठूलो र चर्चामा रहेको नागरिकता विधेयक जारी हुन नसक्दा राजीनामा दिएर नैतिकता प्रस्तुत गर्न आलटाल गरेका छन् । यसले देउवामा विचार, सिद्धान्त र नैतिकताभन्दा पद र सत्ता स्वार्थ बढी रहेको देखाएको छ । 

चुनावका कारण प्रतिनिधिसभा अन्त्य भईसकेको अवस्थामा राजीनामा दिए पनि उनले नै कार्यबहाक प्रधानमन्त्रीको रुपमा  चुनाव गराउनुको विकल्प छैन् । विवादित ढंगले नागरिकता विधेयक संसदबाट पास गराएकाले त्यसै पनि आलोचनाको शिकार भइरहेका देउवाले नैतिकता प्रदर्शन गर्न नसक्दा उनी र उनको पार्टीलाई थप हानी हुने देखिएको छ । 

Advertisement

Advertisement