प्रभु बैंकका ग्राहकलाई न्युरोप्लास्ट फिजियोथेरापीमा छुट प्रदान गर्ने सम्झौता

Advertisement

काठमाडौँ । प्रभु बैंक र हसनपुर, धनगढी स्थित न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टर प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

धनगढी शाखा कार्यालय प्रमुख रविकान्त जोशी र न्युरोप्लास्ट फिजियोथेरापीका निर्देशक डा. सुरेन्द्र भट्टले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

Advertisement

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहकहरुले न्युरोप्लास्ट फिजियोथेरापीद्धारा सञ्चालित सेवामा १० प्रतिशतका छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टर प्रालिमा सुविधा लिन चाहनेहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, न्युरोप्लास्टका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । 

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
 

Advertisement