नेपाल टेलिकमले ल्यायो ‘सजिलो प्रिपेड कम्बो अफर’, डाटा भ्वाइस र एसएमएसमा विशेष छुट

Advertisement

काठमाडौं । नेपाल टेलिकमले ‘सजिलो प्रिपेड कम्बो अफर’ सञ्चालनमा ल्याएको छ । यस योजनाअनुसार कम्पनीका ग्राहकहरुले प्रिपेड मोबाइलमा १९९ रुपियाँदेखि ६९९ रुपियाँसम्मका भ्वाइस, डाटा र सन्देश पठाउने प्याक किन्न मिल्ने छ ।

एक पटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न मिल्ने उक्त अफरमा १९९ मा किन्न सकिन्छ । त्यस्तै, सोही अफरमा ग्राहकले ४२ सय एमबी डाटा र ४२० मिनेट कुराकानी गर्ने भ्वाइस कल सुविधासहित ४२० वटा सन्देश पठाउन सक्नेछन् ।

Advertisement

त्यस्तै, ३४९ रुपियाँमा १४ हजार एमबी डाटा, १४ सय मिनेट भ्वाइस कल तथा १४ सय सय वटा एसएमएस पठाउन सक्ने सुविधा टेलिकमले ल्याएको हो । त्यस्तै, ४९९ रुपियाँमा १९ हजार ६ सय एमबी डाटा, १९ सय ६० मिनेट भ्वाइस कल तथा १९ सय ६० वटा एसएमएस सुविधा ग्राहकले पाउने छन् । 

यही अफरमा ६ सय ९९ रुपियाँमा २८ जिबी डाटा, २८ सय मिनेट भ्वाइसकल र २८ सय २८ सय वटा एसएमएस सुविधा उपलब्ध छ । त्यस्तै, एसएमएस मात्रै पठाउँन चाहने ग्राहकोलागि ९८ रुपियाँमा २८ दिनकालागि ६ सय वटा एसएमएस सुविधा ल्याएको छ भने ६० रुपियाँमा ३ सयवटा एसएसएस पठाउन सक्ने सुविधा ल्याएको हो ।

नेपाल टेलिकमको उक्त अफर स्टार १४१५ ह्याज डायल गरी वा नेपाल टेलिकमको एममार्फत पनि प्रयोग गर्न सकिने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । उनले उक्त अफर असोज २ गतेदेखि लागू हुने गरी निर्णय गरिएको जानकारी दिए ।

Advertisement

Advertisement