बीमा समितिले धनगढीमा पनि कार्यालय खोल्ने, उद्देश्य– दावी भुक्तानीको समस्या कम गर्नु

Advertisement

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सुदूरपश्चिमको धनगढीमा पनि कार्यालय खोल्ने तयारी गरेको छ । समितिले असोज ७ गते अर्थमन्त्री जनार्दन शर्मामार्फत उक्त कार्यालय उद्घाटन गर्न लागेको हो । 

बीमा क्षेत्रमा दावी भुक्तानीको समस्या कम गर्दै लैजाने मुख्य उद्दश्यले खोल्न लागिएको कार्यालय उद्घाटनमा समितिका अध्यक्ष सूर्य सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल सहभागी हुनेछन् । यसअघि समितिले सुर्खेतमा प्रदेश कार्यालय खोलेको थियो । 

Advertisement

Advertisement

Advertisement