अक्सिजन सिलिन्डर पडकिएर भएको आगलागीका कारण कपनमा तीन जनाको मृत्यु

Advertisement

काठमाडौं । राजधानीको कपनको एक घरमा बुधबार आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । ट्रेकिङ एजेन्सी सञ्चालकको घरमा अक्सिजन सिलिन्डर पड्किएर भएको आगलागीमा उनीहरुको मृत्यु भएको हो । 

प्रहरीका अनुसार घरको भुइँतलामा बस्नेहरु तीन जनाको मृत्यु भएको छ । एजेन्सीका सञ्चालकको परिवार माथिल्लो तलामा बस्ने भएकोले उनीहरु सुरक्षित हुन सकेका छन् । 

Advertisement

मृतकहरुको शव त्रिवि शिक्षण अस्पताल लगिएको छ । आगलागीपछि स्थानीयको प्रयास, प्रहरी र दमकलको सहायताले त्यसको नियन्त्रण गरिएको थियो । 

Advertisement

Advertisement