प्रभु बैंकका ग्राहकलाई कफि ब्रेकमा विशेष छुट दिने सम्झौतामा हस्ताक्षर

Advertisement

काठमाडौँ । प्रभु बैंक र पोखरा स्थित कफि ब्रेक प्रालिबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

बैंकका अमरसिंह शाखा कार्यलय प्रमुखसुशिल सापकोटा र कफि ब्रेकका अध्यक्ष उपेन्द्र अधिकारीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले कफि ब्रेक प्रालिद्धारा सञ्चालित फुड र वेभरेज सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

Advertisement

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा कफि ब्रेक प्रालिकासेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । 

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Advertisement

Advertisement