शेयर बजार घट्दा साढे ६५ करोडमा खुम्चियो कारोबार, नबिल बैंकको सबैभन्दा बढी

Advertisement

काठमाडौँ । शेयर बजार आज पुनः घटेको छ । लामो समय पछि हिजो दोहोरो अंकको सुधार देखिएकोमा आज बजार ९.८३ अंकले घटेको हो । ०.५३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८३८.९६ अंकमा ओर्लिएको छ । 

आज २२९ कम्पनीका २५ लाख ४२ हजार ८ सय ९९ कित्ता शेयर किनबेच हुँदा ६५ करोड ५७ लाख ५ हजार १ सय ६९.४२ रुपियाँ बराबरको कारोबार भएको हो । 

Advertisement

समग्रमा बजार घटेको दिन सामलिङ पावर कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ भने प्रभु बैंकको ऋणपत्र र गरिमा विकास बैंकको ऋणपत्र क्रमशः ९.९३ र ९.९० प्रतिशतले घटेको छ । 

आज पनि नबिल बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको २ करोड ५८ लाख ६८ हजार ७ सय ६१.५० रुपियाँ बराबरको कारोबार भएको हो । 

साताको पहिलो दिन आइतबार बजार ३३.९७ अंकले घट्दा १ अर्ब ६० करोड १८ लाख २२ हजार ९ सय ५५ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार भने संबिधान दिवसको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो भने मंगलबार ३८.८१ अंकले बजार घट्दा १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७ सय २२ रुपियाँ र हिजो बुधबार ११।२२ अंकले बजार बढ्दा ७२ करोड १२ लाख ५९ हजार ८ सय ८४।६८ रुपियाँ बराबरको कारोबार भएको थियो ।
 
 

Advertisement

Advertisement