पेट्रोलियम पदार्थ विस्थापित गर्न सके तीन खर्ब जोगिन्थ्योः अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थ विस्थापित गर्न सकिए तीन खर्ब रुपियाँ जोगाउन सकिने बताएका छन् । बिहीबारबाट सुरु भएको नाडा ईभी एक्स्पोमा उनले बैंकको ब्याजदर नियन्त्रणको प्रयास भइरहेको पनि बताए । 

शर्माले भने, ‘पेट्रोलियम पदार्थको आयात प्रतिस्थापनमार्फत तीन सय अर्बको आयात घटाउन सकियो भने मात्रै हामी कति अगाडि बढ्दा रहेछौं ।’ उनले विद्युतीय गाडीहरुका लागि अझै पनि चार्जिङ स्टेशनहरु नरहेको बताउँदै मन्त्री शर्माले त्यस्ता स्टेशनहरु बनाउन निजी क्षेत्रलाई आग्रह गरे । 

Advertisement

शर्माले अहिले ५० वटा यस्ता स्टेशनहरु बनिरहेको र यसले नपुग्ने भएकाले निजी क्षेत्रले अनुमति लिएर बनाउन सल्लाह दिए । उनले बैंकमा पैसा राखेर १२–१३ प्रतिशत ब्याज आउने अवस्था हटाउन छलफल सुरु भइसकेको बताउँदै यसलाई निष्कर्षमा पुर्याउन अर्थसचिवलाई निर्देशन दिइसकेको बताए । 

शर्माले बैंकमा पैसा राखेर १४ प्रतिशत वा १५ प्रतिशत आम्दानी गर्ने प्रणालीको अन्त्य गर्ने बताउँदै जुन देशमा बैंकमा पैसा राखेर १४ प्रतिशत वा १५ प्रतिशत आम्दानी गरिन्छ त्यो देशमा देशमा उत्पादन सम्भव नभएको बताए । 

Advertisement

उनले बैंकमा पैसा राखेर ब्याज खाने समस्याको हल हुनुपर्ने बताए । शर्माले जग्गामा लगाउँदा आम्दानी हुन्छ भने किन उत्पादनमा लगाउने भन्नाले उत्पादन वृद्धि हुन नसकेको बताए । अब बैंक तथा वित्तीय संस्था र व्यवसायीहरुले उत्पादन क्षेत्रका लागि विशेष प्राथमिकता दिनुपर्ने शर्माको भनाई थियो । 

मन्त्री शर्माले सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्ने समय तय गर्न अध्ययन थालेको बताए । ले राजस्व सचिवको नेतृत्वमा एक समिति गठन भई अध्ययन शुरु भएको बताउँदैसमितिले नेपालमा कति वर्षपछि पेट्रोलियम पदार्थ प्रयोग हुने गाडी रोक्ने भन्नेबारे सरकारलाई सुझाव दिने बताए । 

मन्त्री शर्माले नेपाल पनि विद्युतीय सवारीमा रुपान्तरण हुनुपर्ने भन्दै नाडा समेत तयार हुनुपर्ने बताए । उनले अबको एक दशकपछि नेपाल हाइड्रोबाट चल्ने सावारीमा जाने दाबी गरे । शर्माले अहिलेको नाडा इभी अटो प्रदर्शनी मात्र नभई वर्तमान आवश्यकता भएको बताए । 

उनले अब नेपालमा नै विद्युतीय गाडीहरु बनाउनुपर्ने बताए । शर्माले उद्योगी व्यवसायीहरुले नेपालमा नै विद्युतीय गाडीहरु बनाउने उद्योग चलाए उद्योगको लागि ब्याजमा, बिजुलीमा वा भन्सारमा सहयोग गर्न सरकार तयार रहेको बताए । उनले नेपालमा नै एसेम्बल उद्योग स्थापना गर्ने व्यसायीलाई सरकारको नीति तथा कार्यक्रमले सहुलियत दिने स्पष्ट पारे । उनले सवारी साधन उत्पादन गर्ने, एसेम्बल गर्ने नयाँ उद्योगहरुहरुलाई छुटको व्यवस्था दिइएको बताए । 

शर्माले चार पाङ्ग्रे गाडी उत्पादन गर्ने उद्योग स्थापना भएमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको बताए । अटोमोवाइल व्यवसायीहरुको संस्था नाडा अटोमोवाइल एशोसियशनले पहिलो पटक विद्युतीय गाडीहरुको मेला आयोजना गरिएको हो । राजधानीको भृकुटीमण्डपमा सुरु भएको मेलामा विभिन्न ब्राण्डका दुई पाङ्ग्रे, चार पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधन तथा अन्य सम्वन्धी सामाग्रीहरु प्रदर्शनीमा राखिएका छन् । 

Advertisement