राजनीति र भ्रष्टाचार हावी हुने मुलुकमा सबैभन्दा निरीह हुने भनेको उद्योगी नै होः पाण्डे

Advertisement

काठमाडौं । युवा उद्यमी प्रवलजंग पाण्डेले राजनीति र भ्रष्टाचार हावी हुने मुलुकमा सबैभन्दा निरीह हुने उद्योगी नै हो भनेका छन् । अर्थमन्त्रीको बिहीबारको अभिव्यक्तिबारे सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले बढ्दो बैंक ब्याजदरको आलोचना गरे । 

पाण्डेले निक्षेपमा ब्याज पाउने मुलुकमा उद्योग कस्ले किन खोल्छ भन्ने अर्थमन्त्री जनार्दन शर्माको अभिव्यक्तिमा समर्थन जनाउँदै कुनै नीतिगत स्थिरिता नभएको मुलुकमा उद्योगमा लगानी गर्नु मुर्खता भएको बताए । तरलता संकुचनको कारण देखाउँदै पछिल्लो समय बैंकहरुबीच ब्याजदर वृद्धिमा प्रतिस्पर्धा चलेको छ । यसले निक्षेप र कर्जाको ब्याजमा समेत थप वृद्धि हुन पुगेको छ । 
 
पाण्डेले लेखेका छन्, ‘हिजो व्यवसायी भन्दै थिए ‘नेपालमा उद्योग गर्न असम्भव छ’ भनेर, तर आज अर्थमन्त्री आफै भन्दै हुनुहुन्छ ‘१५ प्रतिशत निक्षेपमा ब्याज पाउने मुलुकमा उद्योग कसले र किन खोल्छ ? हो नेपालमा उद्योगमा लगानी गर्नु भनेको मुर्खता मात्र हो, जहाँ कुनै नीतिगत स्थिरता छैन । जहाँ सरकारको कुनै पनि निकायबाट सहयोग हुँदैन । जहाँ उद्योग गर्नेको कही इज्जत छैन् । जहाँ राजनीति र भष्ट्राचारबाहेक केही छैन । यो देशमा सबैभन्दा कोही निरीह छ भने उद्योगी नै छ ।

Advertisement

Advertisement

Advertisement