आज (साउन ७)को राशिफलः तपाईंको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल असोज महिनाको ७ गते शुक्रबार, आश्विन कृष्णपक्षको त्रयोदशी तिथि । आज सोह्रश्राद्ध अन्तर्गत त्रयोदशी श्राद्ध तथा मघा श्राद्ध रहेको छ ।

मेष 
साझेदारीमा गरिएका कामहरुमा सकारात्मक नतिजा आउने छ । आफु आवद्ध रहेको कार्यालयका हाकिमहरुसँग बिबाद बढ्ने समय सक्रिय रहेकाले संयमित रहनु नै उपयुक्त हुनेछ । जीवनसाथिको आड भरोसामा काम गरेमा उक्त कार्य प्रतिफलमुखी बन्ने छ । 

Advertisement

वृष
पेशागत जीवनमा समस्याहरु देखा पर्ने समय रहेकाले संयमित भएर पाईला चाल्नु नै उपयुक्त हुने छ । भाग्यहिनताका कारण कार्यसफलतामा कमि आउने छ । मनमा दुविधा अत्याधिक आउने भएकाले समयमा निर्णयहरु लिन कठिनाई हुनेछ । मनमा पनि नकारात्मक विचारले डेरा जमाउने भएकाले यस्ता विचार नियन्त्रणको प्रयास गर्नु होला । 

मिथुन 
भाग्यको साथ नदिएकाले धेरै जोखिमले भरिएका कार्य भन्दा औसत कार्यलाई निरन्तरता दिनु ठिक हुने समय छ । जीवनसाथिको साथसहित काम गरेमा फाइदा मिल्ने छ । परिवारमा बिबाद र समस्या आउने भएकाले सतर्क रहनु होला । चतुरताको कमि हुन जाने छ । बोलीको प्रभावमा पनि गिरावट देखा पर्ने छ ।

कर्कट
पेशागत जीवन सकारात्मक रहने छ । बालीमा प्रियताको अभाव हुने भएकाले संयमित रहनु होला । व्यक्तित्वमा भने नरमपना विकास हुने छ । जसले गर्दा अरु व्यक्तिहरुले पनि सहजतापूर्वक व्यावहार गर्ने छन् । स्वास्थ्यमा समस्या आउने छ ।

सिंह
पेशागत जीवन औसत रहने छ । मन धेरै चञ्चल हुने भएकाले मन नियन्त्रित गर्ने प्रयास गर्नु होला । आत्मविश्वासी व्यक्तित्व हुने छ । भौतिक सुखका साधनहरु प्रयोग गर्न पाएता पनि मनमा सन्तोषपनाको अभाव हुन जाने छ । आम्दानीमा केही बृद्धि हुने छ । 

कन्या
साझेदारीका कामहरुमा कठिनाई उत्पन्न हुन पुग्ने छ । अन्यको हकमा पेशागत जीवन औसत प्रकृतिबाट गुज्रने छ । मनमा अत्याधिक दुविधा आउने भएकाले निर्णय क्षमतामा कमि आउने छ । दाम्पत्य जीवनमा समस्या आउने छ । 

तुला
पेशाप्रति समर्पित हुने व्यक्तित्व हुने छ । समय संयमित रही पाइला चाल्नु पर्ने खालको छ । मनोबल कमजोर बन्ने छ । यसले गर्दा प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउँदा कार्यक्षमतामा प्रभावित तुल्याउने छ । निर्णय क्षमतामा पनि कमि आउने हुँदा अन्योलता बढ्ने छ । 

वृश्चिक
पेशागत जीवन औसत रहने छ । साझेदारीमा गरिएका कामहरुमा भने द्वन्द देखा पर्ने छ । औसतमा समय संयमित रहनु पर्ने खालको छ । सुख सन्तोषको अभाव महशुस हुने छ । घर घडेरीका विषयमा घाटा व्योहर्नु पर्ने समय रहेको छ ।

धनु 
साझेदारीमा गरिएका कामहरुमा बिबादका क्रम देखा पर्नेछ । पेशागत जीवनमा अनुमान नगरिएका समस्याहरु देखा पर्न जाने छ । दृढ खालको व्यक्तित्व बन्ने छ तर अरुले अलि कडाखालको अनुभुत मात्र गर्ने भएकाले ध्यान दिनु होला । जीवनसाथिको साथले ठुलो आड भरोषा दिने छ । 

मकर 
पेशागत जीवनमा पनि विभिन्न आक्षेपहरु लाग्न सक्छन् । संयमित भएर अघि बढ्नु पर्ने समय छ । अध्ययन अध्यापनमा मन केन्द्रीत हुन सक्ने छैन् । भित्रि बुद्धिको सक्रिय हुन नसक्दा निर्णय क्षमतामा पनि गिरावट देखा पर्ने छ । बोलीमा रुखोपना देखा पर्ने भएकाले संयमित रहनु होला ।

कुम्भ 
पेशागत क्षेत्र औसत प्रकृतिको रहने छ । सेवा क्षेत्रमा रहेकाहरुको हकमा सामान्य देखिएता पनि ब्यापारको क्षेत्रमा रहेकाहरुको हकमा समय केही जोखिमपूर्ण देखिन्छ । बोलीमा भने नरमपना देखिने हुँदा अरुको विश्वास प्राप्त हुने छ ।

मीन
पेशागत जीवनमा संयमित भएर कदम चाल्नु पर्ने समय छ । प्रतिष्पर्धात्मक स्वाभावमा पनि गिरावटहरु देखा पर्ने छन् । मेहनत र पराक्रमी स्वाभावमा गिरावट आउँदा कार्य क्षमतामा पनि कमि देखिन जाने छ । बौद्धिक, प्राज्ञिक तथा धार्मिक क्षेत्रमा संलग्नहरुलाई फाईदा मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement