काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले शेयरधनीहरुलाई ४.२१०५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले आर्थिक वर्ष २०७८÷७९ का लागि हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको गर्ने निर्णय गरेको हो ।
कम्पनीको हाल कायम चुक्तापुँजी २१ अर्ब ६० करोड रुपियाँ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।