कृषि विकास बैंकको सञ्चालकमा दाहाल नियुक्त, अध्यक्ष मिश्रबाट लिए सपथ

Advertisement

काठमाडौँ । नेपाल सरकार (मन्त्रीस्तर) को निर्णयानुसार कृषि बिकास बैंकसंचालक समितिको संचालक सदस्यमा सुमन दाहाल मनोनयन भएका छन् । 

नवनियूक्त संचालक सदस्य दाहालमा सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय संघियता समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत छन् । 

Advertisement

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य दाहाललाई अध्यक्ष डा. राजेन्द्रप्रसाद मिश्रले सपथ ग्रहण गराएका हुन् । 

उक्त अवसरमा बैंक संचालक सदस्यहरु डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोदकुमार गुरागाईँ, प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिति रहेको  थियो ।   
 

Advertisement

Advertisement