‘बीमा कम्पनीले दावी भुक्तानी दिएनन् होइन्, दिए भन्ने खबर सुन्न पाइयोस’

अर्थमन्त्रीको जनतालाई सल्लाह– बीमा गर्नुस्, राहत माग्न नआउनुस्

Advertisement

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारसँग राहत माग्नु आउनुको सट्टा बीमा गर्न सल्लाह दिएका छन् । बीमा समितिको धनगढीमा स्थापित क्षेत्रीय कार्यालयको शुक्रबार उद्घाटन गर्दै कुनै कारण जनधनको क्षति हुँदा सरकारको मुख ताक्नुभन्दा बीमा गरेर जोखिम बहन गर्नु राम्रो हुने सल्लाह दिएका हुन् । 

शर्माले प्राकृतिक प्रकोप अन्य संकटले ठूलो जनधनको क्षति हुने प्रसंग जोडदै यस्तो बेलामा सरकारसँग राहतको आश गर्नुभन्दा पनि बीमा गरेर आफ्नो जोखिम बहन गर्नु राम्रो हुने बताए । 

Advertisement

बीमा जनतासँग जोडिनुपर्ने बेला आएको उनले बताए । शर्माले जोखिम बढ्दो क्रममा रहेकाले बीमाको महत्व पनि बढिरहेको बताए । बीमा अधिकारको कुरा भएकाले यसलाई सहज बनाउन सम्बिन्धित निकायले मजबुदरुपमा समन्वय गर्नुपर्ने उनले बताए । 

मन्त्री शर्माले हरेक किसिमको लगानीमा आफ्नै किसिमको जोखिम हुने भएकाले त्यसलाई न्यूनिकरण गर्न बीमा चाहिने र त्यस्ता सुरुवात स्थानीय तहबाट पनि हुनुपर्ने बताए । आर्थिक अवस्था कमजोर भएका जनतालाई पनि बीमामा जोड्न सम्बन्धित स्थानीयस्तरका कार्यालयहरुले पनि महत्वपूूर्ण भूमिका निभाउनुपर्ने उनको भनाई छ । 

बीमा गराउनुको मुख्य उद्देश्य नै दाबी भुक्तानी सहजरुपमा पाउनको लागि हो भन्दै शर्माले बीमा कम्पनीले पैसा दिएनन भन्दा पनि पैसा दिएको खबरहरु फैलनुपर्ने बताए । सुदूरपश्चिममा बीमा सहभागीता बढाउन जरुरी रहेको भन्दै उनले आगामी दिनमा यस्ता कार्यालहरुको संख्या बढ्दै जाने र बीमाको पहुँच समेत बढदै जाने बताए । 
 
समितिले साततै प्रदेशमा आफ्ना शाखा कार्याल बिस्तार गर्ने बताएको छ । यस्ता कार्यालयबाट समस्या समाधान हुन नसकेका विषय मात्रै केन्द्रिय कार्यालयमा आउने जनाइएको छ । उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल पनि सहभागी थिए । 

Advertisement

Advertisement