कस्टोमर सर्भिसका क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नायकलाई अर्को विजनेश अवार्ड

Advertisement

काठमाडौं । कस्टोमर सर्भिसका क्षेत्रमा विगत आठ बर्षदेखि कार्यरत रही विभिन्न अवार्डहरु हात पार्न सफल हुँदै आएकी शकुन्तला नायकले अर्को विजनेश एक्सलेन्स अवार्ड जित्न सफल भएकी छन् । उनी हाल एसटेरिक डिजिटलको सीडीआर डिपार्टमेन्टकी प्रोजेक्ट म्यानेजर छन् । 

एसएपीएसले बंगलादेशमा बिहीबार आयोजना गरेको प्रतिस्पर्धामा नायकले सन् २०२२ का लागि ‘वेष्ट वमन लिडरसिप एक्सलेन्स अवार्ड इन कस्टोमर सर्भिस रिप्रेजेन्टेटिभ’ जित्न सफल भएकी हुन् । 

Advertisement

सार्क राष्ट्रका विभिन्न व्यवसायिक क्षेत्रका प्रतिनिधिहरुबीच भएको प्रतिस्पर्धामा अवार्ड जित्न सफल उनको यो चौंथो अवार्ड हो । एएसपीएसले हरेक बर्ष यस किसिमको प्रतिस्पर्धा गरी उत्कृष्टलाई विजनेश अवार्डहरु प्रदान गर्ने गर्दछ ।

धनुषाको सबैलाकी स्थायी वासिन्दा नायक कस्टोमर सर्भिका क्षेत्रमा विगत आठ बर्षदेखि क्रियाशील छन् । निर्णयक मण्डलले प्रतिस्पर्धीहरुको योग्यता र क्षमताको मूल्यांकन गर्दै यो अवार्डको विजेता छनोट गर्दछन् । नायकलाई निर्णायक मण्डलका प्रमुख डा. ख्याती शेट्ठीले अवार्ड प्रदान गरेका थिए । 

हाल नायक कार्यरत कम्पनीले अष्ट्रेलियामा स्थायी बसोबास (पीआर)का लागि जान चाहने इन्जिनियरहरुका लागि काम गर्ने गर्दछ । यसअघि उनी महिन्द्रा एण्ड महिन्द्रा गाडीको नेपालको आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेटेड प्रालिमा कार्यरत थिइन् । 
 

Advertisement

Advertisement