कम्पनीलाई उत्कृष्ट बनाउन सिटिजन लाइफले गर्यो ‘बिजनेस स्ट्राटिजी कन्फेरेन्स’

Advertisement

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बिजनेस स्ट्राटिजी कन्फेरेन्सकोे पाचौँ संस्करण सौरहाको होटेल चितवन प्याराडाइजमा सम्पन्न गरेको छ । 

कम्पनीलाई हरेक ढंगबाट उत्कृष्ट बनाउन हरेक दिन इमान्दारी र मिहेनतका साथ खटिएका कर्मचारीहरुलाई थप क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो । यस कार्यक्रममा ११४ जना कर्मचारीको सहभागिता रहेको थियो । 

Advertisement

कार्यक्रममा गत आर्थिक बर्षको कारोबार समिक्षा गर्दै नयाँ आर्थिक बर्षको रणनितिबारे छलफल गरियो । साथै आर्थिक वर्ष २०७८÷०७९ सालमा उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न शाखा र कर्मचारीहरुलाई विभिन्न ३१ विधाम सम्मान गरियो ।

यससँगै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउदै लैजाने उद्धेश्यका साथ कम्पनीको व्यवस्थापान टिम र शाखाका कर्मचारीहरु बिच कम्पनीको प्रशासन सम्बन्धित रहेका विविध बिषयहरुमा छलफल गरियो र प्रशासन सम्बन्धित सबै कार्यहरु अझै छिटो र सजिलो तरिकाले कसरी सम्पन्न गर्न सकिन्छ भन्ने बिषयमा छलफल भयो । 

कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत जानकारीे दिएको छ । 

प्रचलित कानुन, नीति, नियम एवम नियमनकारी निकायबाट जारी निर्देशनहरुको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्दै समग्रमा कार्यक्रम निकै उत्साहजनक र फल्दायी रहेको कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement